कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
विदुर खबर
२०७९ साउन २८ गते ८:४६

नुवाकोट । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्ने भएको छ। बैक शनिबार विहान ९:३० बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।
बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभा प्रयोजनका लागि दल दर्तासम्बन्धी छलफल र निर्णय हुने जनाइएको छ। यस्तै, चुनावमा गठबन्धन कायम राखेर सिटहरुको बाँडफाँटका विषयमा पनि बैठकमा कुराकानी हुने नेताहरुले जानकारी दिएका छन्।
सत्ता पक्षीय दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भइसकेको छ। चुनावमा सिटहरुको बाँडफाँटका लागि पाँचै दलका प्रतिनिधि (नेताहरु) सम्मेलित कार्यदल गठन भएको छ।
सम्बन्धित
प्रतिक्रिया