डा. महत नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न निस्किए

विदुर खबर २०७९ साउन २७ गते १४:१८

नुवाकोट । पुर्वमन्त्रि तथा नेपाली कांग्रेसका प्रवत्ता तथा डा : प्रकाशशरण महत नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् ।

Advertisement

अविरल वर्षाको कारण वुधवार आएको बाढीले नुवाकोट क्षेत्र १ को पुर्वी भेगमा भएको क्षति निरीक्षण गर्न डा : महत नुवाकोटको विभिन्न स्थानमा पुगेका हुन् ।

उनले दुप्चेश्वरको समुद्रटारसम्म गाडीमा र समुद्रटारदेखि राउतबेसीसम्म झण्डै ५ किलोमिटर पैदल यात्रा गरि बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका हुन् ।

Advertisement

डा : महतले प्रभावित क्षेत्रको अवलोकन गरि तिनै तहको सरकारले पिडितलाई क्षतिपुर्ति दिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधि र प्रभावित क्षेत्रका जनतालाई भेटघाट गरि तत्काल काठमाडौं फर्कने बित्तिकै राहतको लागि सरकारलाई ध्यानाकर्षण गर्ने समेत प्रतिबद्वता व्यक्त गरे ।

डा : महतले नुवाकोटको जनताको हर सुख दुखमा आफु सधैं साथमा रहने भन्दै पिडितलाई धैर्य गर्न समेत आग्रह गरे । उनले बाढी र पहिरोजन्य प्राकृतिक प्रकोपको सबैले एकजुट भएर सामना गनूपर्ने बताए ।

Advertisement

बुधवार परेको वर्षाको कारण नुवाकोटको दुप्चेश्वर, पन्चकन्या, तादी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुराएको थियो ।

डा : महतसँगै पहिरोले क्षति पुराएको स्थानको अवलोकनको लागि लिखु गाउपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रयि सभापति धुर्व श्रेष्ठ , तादी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका उपसभापति सन्तमान तामाङ सडक डिभिजन कार्यालय नुवाकोट प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया