नुवाकोटको बाढी र पहरोग्रस्त क्षेत्रमा केसी दाजुभाई पुगे

नुवाकोट । बुधवार परेको अविरल वर्षाको कारण नुवाकोटको विभिन्न ठाउँमा बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुराएको छ ।
बाढी र पहिरोको कारण जिल्लाको विभिन्न स्थानमा क्षति पुगेपछि नेपाली कांग्रेसका नेताद्धय केसी दाजुभाई प्रभावित क्षेत्रको अवलोकन गर्न निस्किएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका निर्वतमान सभापति तथा संविधानसभा सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापतिका प्रत्यासी डा. केदारनरसिंह केसी विभिन्न प्रभावित क्षेत्रमा पुगेका छन् ।
बुधवार परेको बर्षाका कारण नुवाकोटको विभिन्न स्थान लगायत तादि र पञ्चकन्या गाउँपालिका जोड्ने आप्र पुल, सातबिसे पुल, तादि र दुप्चेश्वर गाउँपालिका जोड्ने भ्याङ्ले पुल , लखुको ढिकुरे पुलका साथै दुप्चेस्वर गाउँपालिकाको सबै वडामा सडक,पुल विद्युत,खानेपानी,सिचाई,बिधालयको पुर्वाधार पुर्ण रुपले क्षति भएको थियो ।
बाढी र पहिरोले क्षति पुराएको स्थानको अवलोकन गर्दे जगदिश्वरनरसिंह केसीले बस्ने घर,गोठ, बस्तुभाउ, धेरै खेती योग्य जमिन समेत बगाएकोले समयमै सरोकारवाला निकायले राहत प्याकेजको घोषणा गर्न माग गरे ।
उनले दीर्घकालीन रुपमा पुनःस्थापना तथा नष्ट भएका पुर्वाधारको बैज्ञानिक ढंगले पुर्ननिमाण गर्न जरुरी रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
केसीले बाढी र पहिरोग्रस्त क्षेत्रमा कुनैपनि तहको सरकारको अझैसम्म उपस्थिति नभएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया