कांग्रेस नेता वहादुरसिंह लामालाई पितृशोक
विदुर खबर
२०७९ साउन २५ गते ११:३८

नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामालाई पितृशोक परेको छ ।
सांसद लामाका पिता दिपवहादुर लामाको गएराती ११ वजे निधन भएको हो ।
विभिन्न स्वास्थ्य समस्याले ग्रसित लामाको किस्पाङ गाउँपालिकाको मनकामना स्थित आफ्नै निवासमा निधन भएको हो ।
लामाको तामाङ संस्कृती अनुसार आज नै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया