वाढीले तादी खोलाका आधा दर्जन पुलमा क्षती

विदुर खबर २०७९ साउन २५ गते १०:३०

नुवाकोट । गए रातिको अविरल बर्षाको कारण नुवाकोटको तादीखोलामा  आएको बाढीले आधा दर्जन पुलमा क्षती पुगेको छ ।

Advertisement

तादीखोलामा बाढी आउँदा खोलामाथि निर्माण भएका अधिकांश पुलमा क्षती पुगेको हो । पुलमा क्षतीहुँदा जिल्लाको पूर्वि भेगका विभिन्न स्थानमा यातायात समेत अवरुद्ध भएको छ ।

वाढीले  जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ३ राउतवेशि , तादि गाउँपालिका वडा नं ४ सातविसे, पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेक जोड्ने पक्किपुलमा क्षती पु¥याएको हो ।

Advertisement

यस्तै, पञ्चकन्या गाउँपालिका वडा नं २ को आप्र र तादि गाउँपालिका नवा नं ५ वाहुनवेशि जोड्ने पक्कि पुल,  पञ्चकन्या गाउँपालिका वडा नं १ को सिमारा फाट र लिखु गाउँ पालिका वडा नं ३ को सुर्यमति र वडा नं १ को ढिकुरे बजार जोड्ने पक्कि पुलमा क्षती पुगेको हो ।

ढिकुरे वजारमा रहेको पुलमा क्षती पुग्दा नुवाकोटबाट काठामाण्डौं जाने सवैभन्दा छोटो मार्ग ढिकुरे–छहरे–टोखा सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।

Advertisement

तादी खोलामा करिव ३ दशक यताकै सवैभन्दा ठूलो बाढी आएकोले पुलहरुमा क्षती पुगेको स्थानीयले बताएका छन् । बाढीबाट मानवीय क्षती भएको छैन । तादी खोलाको वगर आसपासमा रहेका धानखेतहरुमा भने वाढीले क्षती पु¥याएको छ ।

 

 

प्रतिक्रिया