नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’ मा घलेद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा
 
		
	 नुवाकोट । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नुवाकोट । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामो समय सैन्य जागिरे जीवनमा रहेका घले पछिल्लो समय सफल निर्माण व्यवसायीका रुपमा नुवाकोटमा परिचित छन् । उनी १० वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा कार्यरत थिए । जागिरे जीवनपछि निर्माण व्यवसायमा लागेका घले हाल विदुर नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवास गर्छन् ।
४० वर्षिया डोलबहादुर घलेले देशमा भइरहेको यथास्थितिका कारण विकास निर्माण र समाज परिवर्तन हुन नसकेकोले जनप्रतिनिधिका रुपमा समेत युवाहरुको आवश्यकता रहेको बताएका छन् । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलले समेत भविष्यका लागि केही गर्ने आशा नरहेको बताउँदै आफ्नो स्वतन्त्र उम्मेदवारी रहने उनले बताएका हुन् । ‘कुनै दल विशेषको विरुद्धमा नभई मुलधारको राजनीतिमा युवाहरुको आवश्यकता देखेर उम्मेदवारी दिने घोषणा गरेको हुँ’ घलले भने ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार र युवाहरुको पक्षमा देखिएको लहरका कारण मतदाताहरुले के रुचाइरहेका छन् भन्ने संकेत गरेको उल्लेख गर्दै उनले नुवाकोटमा आशा लाग्दो र विकास अनि परिवर्तनका लागि केही गर्ने युवाले अवसर पाउने अवस्था रहेको दावी गरेका छन् । पुराना दलबाट वाक्कदिक्क बनेका नागरिकहरुले स्वतन्त्र उम्मेदवारको पक्षमा माहौल सृजना गर्ने भएकै कारण आफ्नो जितको सम्भावना समेत रहेको उनको भनाई रहेको छ ।
राजनीतिक यात्रामा जत्तिनै योगदान दिएपनि कुनै पनि दलमा कुनै पद बिना आजसम्म समर्पित हुँदै आएका उनले थप उल्लेख गरे– ‘आज आएर कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको देखेको हुँदा अब म आफै उमेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा मेरो जीवन समर्पण गर्न चाहन्छु ।’
राजनीतिलाई नेताहरुले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाजसेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको घलेले बताएका छन् ।
उनको पहिलो चुनावी मुद्दा भ्रष्टाचार अन्त्य हो । भ्रष्टाचार अन्त्य भए समाजको आधा विकास त्यतिकै हुने उनी दाबी गर्छन् । अहिले नुवाकोटमा जति पनि विकास निर्माणका कार्य हुन्छन्, त्यहाँ ५० प्रतिशत भन्दा बढी भ्रष्टाचार भएको उनको दाबी छ । ‘म निर्वाचित भएँ भने कम्तीमा मैले जित्ने निर्वाचन क्षेत्रबाट भ्रष्टाचार हटाएर देखाउँछु, त्यसले अन्य क्षेत्रका जननिर्वाचित प्रतिनिधिलाई पनि मेरो अभियानले डोर्याउने छ,’ उनी आत्मविश्वासी बने ।
दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आउनसक्ने तर्क डोलबहादुर घलेको छ । जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको उनको भनाई छ । खानेपानी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रणमा मात्र ध्यान दिँदा पनि जनता खुसी हुने उनको भनाई छ ।
‘अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन । लोकतन्त्रमा मतदाताले मताधिकार मार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको देशैभरी हामी देख्न सक्छौं’ घलेले भने, ‘दलहरूले यस अघिका निर्वाचनहरुको उम्मेदवार छनौट गर्दा पनि विवेकपूर्ण देखिएनन् । जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ । मतदाता सचेत हुन थालेका छन् । छानीछानी आफूले रोजेको उम्मेदवारलाई भोट दिएका छन् ।’
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डोलबहादुर घलले भने– ‘हिजोको राजनीतिक परिवेशमा मैले गरेको सहयोग, त्याग र बलिदान अनि गाउँ समाजलाई बिकासको बाचा सोचे जस्तो कुनै पनि दल वा व्यक्तिले नगरेको हुँदा अब मेरो राजनीतिक यात्रा समाजको लागि समर्पित गर्ने छु ।’
नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् । लिखु, सुर्यगढी, ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको वडा नं. १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया