ज्योती विकास बैंकलाई हाम्रो विकास बैंक गाभ्न राष्ट्र बैंकको स्वीकृती

विदुर खबर २०७५ भदौ १४ गते ११:४६

नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको ज्योति विकास बैंक (JBBL) लाई नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक प्राप्ति गर्न अन्तिम स्वीकृती दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको मंगलबारको बैठकले सो स्वीकृती दिएको हो ।

Advertisement

ज्योति विकास बैंकले असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ ।

हाम्रो विकास बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । ज्योतिले विकास बैंकले भने यसअघि नै राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकलाई एक्वायर पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब बढी नाघ्नेछ ।

Advertisement

हाल ज्योतिसँग साढे २० अर्ब र हाम्रो विकास बैंकसँग पौने २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । करिब १६ अर्ब रुपैयाँ ज्योतिले कर्जा प्रवाह गर्दा हाम्रोले एक अर्ब ६० करोड लगानी गरेको छ ।

प्रतिक्रिया