लिखुका आलुखेती गरेका किसानलाई क्षतिपूर्ति दिन सांसद तामाङको माग

विदुर खबर २०७९ साउन २२ गते २१:०३

नुवाकोट ।  नेकपा (माओवादी केन्द्र) का संघीय सांसद हितबहादुर तामाङले नुवाकोट लिखु गाउँपालिकाका आलुखेती गरेका किसानहरुलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

Advertisement

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुन्य समयमा धारणा राख्नुहुँदै सांसद तामाङले लिखुका किसानले उत्पादन गरेको साढे ४ लाख बोरा निलो जातको आलु उचित मूल्य नपाएका कारण कुहिँदा किसान मर्कामा परेकोले उनीहरुलाई तत्काल क्षतिपूर्ति दलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘नुवाकोटको लिखु गाउँपालिकामा किसानले अत्याधुनिक तरिकाले निलो जातको आलु उत्पादन गरिराखेको छ, करिब ४ लाख ५० हजार बोरा । ती आलु नुवाकोटलगायत धादिङ, कास्की पोखरा, भक्तपुर र काभ्रेपलाञ्चोकका कोल्डस्टोरहरुमा समेत स्टोरेज गरिराखेको स्थिति छ, उनले भने ।

Advertisement

ती किसानले  आलुको मूल्य प्राप्त गरिराखेका छैनन्,’ उनले भने ।  ‘उचित मूल्य नपाउँदा स्टोरेज आलु कुहिरिएर फाल्नुपरेको छ । त्यसैले ती किसानहरुलाई छिटोभन्दा छिटो क्षतिपूर्तिको व्यवस्था गरियोस् भनेर सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने भएकोले उत्पादन बढाउन र आयतीत वस्तुलाई निरुत्साहित गर्ने कार्यलाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिक्रिया