नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसलाई माओवादीको चुनौती

विदुर खबर २०७९ साउन २२ गते १९:०३
नुवाकोट क्षेत्र नम्बर १ का आकाक्षीहरु प्रकाशशरण महत र हित वहादुर तामाङ ।

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांगे्रस वलियो देखिएको छ ।

Advertisement

सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुने लागि घोषणा गरेसँगै चुनावी जोड घटाउ शुरु भएको छ ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनको आधारमा नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस वलियो देखिएको छ ।

Advertisement

वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा क्षेत्र नम्ब १ मा रहेका गाउँपालिकामा पार्टीहरुले पाएको मतको आधारमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको हो ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार नुवाकोट क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा नुवाकोटमा नेपाली कांग्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको छ ।

Advertisement

नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसले २८ हजार ९ सय ६२ मत ल्याएर पहिलो दल बन्दा माओवादीले २३ हजार २ सय मत प्राप्त गरि माओवादी दोस्रो दल बनेको छ ।

यस्तै एमालेले १८ हजार २ सय ६७ मत ल्याएर तेस्रो बन्दा राप्रपाले ४ हजार ७८ मत प्राप्त गरेर चौथो बनेको छ । जनता समाजवादी पार्टीले २ हजार २ सय ४५ मत प्राप्त गरेर पाँचौ स्थानमा रहेको छ ।

स्थानिय तहको निर्वाचनको मत अनुसार क्षेत्र नम्बर १ मा काग्रेसको वलियो उपस्थिति देखिएको छ ।

यस्तै क्षेत्र नम्बर १ अन्र्तगत रहेका ६ गाउँपालिकामा निर्वाचित अध्यक्षको मताधिकार जोड्दा पनि क्षेत्र नम्बर १ मा कांग्रेस नै वलियो देखिएको छ ।

प्रतिक्रिया