म नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने हो : केसी

विदुर खबर २०७९ साउन २२ गते ९:०१

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट नै चुनाव लड्ने बताएका छन् ।

Advertisement

शनिवार प्रजातान्त्रिक विचार समाज नुवाकोटको पाँचौ जिल्ला अधिवेशनमा संबोधन गर्दे केसीले जिल्लाका अरु नेताले पनि हिम्मत गरे आफू पनि देशको तराईदेखि काठमाण्डौसम्म जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार रहेको बताए ।

उनले अन्य अवस्था सिर्जना भए नुवाकोट क्षेत्र नम्बर २ नै आफ्नो क्षेत्र रहेको संकेत गरे ।

Advertisement

उनले केन्द्रीयस्तरका नेताहरुले जिल्लाको कुनै क्षेत्रमा दावी प्रस्तुत गर्नुु स्वाभाविक नभएपनि उक्त कुरा आफ्नो हकमा मात्र लागु नहुने बताए ।

उनले सबैको सामुहिक छलफलबाट उम्मेद्धवार छान्नुपर्ने भन्दै पेलेर गए आफलाई सह्य नहुने समेत बताए । केसीले पार्टी हितलाई नसोचेर ब्यक्तिबादी प्रबृत्तीलाई बढावा दिईए त्यो आफ्ना लागि सह्य नहुने चेतावनी समेत दिए ।

Advertisement

उनले निहुँ खोजेर कोही नुवाकोट आए भने आफ्ुभन्दा ठ्लो समस्या नुवाकोटमा कोही नभएको समेत बताए ।

केसीले सबैको सह–अस्तित्व बचाएर अघि बढ्नुपर्ने बताए । जे जे परोस परोस सबै चिज छाड्न तयार रहेको भन्दै उनले आत्मसम्र्पण गर्न नसक्ने बताए ।

 

 

प्रतिक्रिया