राष्ट्रिय नेता हुँ भनेर गर्व गर्नेहरुले जिल्लाबाट चुनाव लड्न पाइदैन : केसी

विदुर खबर २०७९ साउन २१ गते २०:२३

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुननरसिंह केसीले राष्ट्रिय नेता हसँ भनेर गर्व गर्नेहरुले जिल्लाबाट चुनाव लड्न नहुन बताएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा आयोजित प्रजातान्त्रिक बिचार समाजको पाँचौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै केसीले सो कुरा बताएका हुन् ।

केसीले आफु पनि तराईदेखि काठमाण्डौसम्म हरेक ठाउँमा चुनाव लड्न तयार रहेको बताए । उनले निहुँ खोजेर कोही नुवाकोट आए भने आफ्ुभन्दा ठ्लो समस्या नुवाकोटमा कोही नभएको समेत बताए ।

Advertisement

पार्टीले ७० वर्ष पार गरेका व्यक्तिले चुनाव नलड्ने नियम बनाए आफुले त्यसलाई सहजरुपमा लिने समेत उनले बताए ।

धेरैले मलाई यो पटकको चुनाव के गर्नुहुन्छ भनेर प्रश्न गर्ने गरेको भन्दै केसीले भने, पुन नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने संकेत गरे ।

Advertisement

आफु देशको जुनसुकै स्थानमा चुनाव लड्न सक्षम रहेको भन्दै केसीले अहिलेको समग्र एकता कायम गर्नु रहेको बताए ।

केसीले मेलमिलापको नाममा आत्मसम्र्पण गर्न नसक्ने भन्दै सबैको सह–अस्तित्व बचाएर अघि बढ्नुपर्ने बताए । जे जे परोस परोस सबै चिज छाड्न तयार रहेको भन्दै उनले आत्मसम्र्पण गर्न नसक्ने बताए ।

 

प्रतिक्रिया