नुवाकोटको तारकेश्वर गाउँपालिकाले प्राविधिक विद्यालय खोल्ने
विदुर खबर
२०७९ साउन २१ गते १८:५७

नुवाकोट । नुवाकाटेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिकामै प्राविधिक विद्यालय संचालनका लागि पहलकदमी लिएका छन् ।
शुक्रवार गाउँपालिका अध्यक्ष अधिकारीसँग शंखरादेबी माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष तथा विद्यालयका चन्दादाता बाबुराम शर्मा अधिकारीको निजि निवासमा भेटघाट गर्दै समसामयिक शैक्षिक बिषयमा छलफल गरेका थिए ।
शर्माले पालिकामा प्राविधिक विद्यालय संचालनका लागि १० रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । उनकोे कार्यको उच्च प्रशंसा गर्दै विद्यालय संचालनका लागि पालिकाले आवश्यक पहलकदमी लिने जानकारी दिए ।
सीपमुलक शिक्षाले बढ्दो बेरोजगारी अन्त गर्दै मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास सहित यो कार्यलाई छिटै अघि बढाउने गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया