आज देशभर थप ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

विदुर खबर २०७९ साउन २० गते २१:०३

नुवाकोट । देशभर थप ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जना गरी जम्मा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ ।

Advertisement

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगेको छ ।

हाल देशभर ५ हजार ७६० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया