तादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टाराईको स्वागत
विदुर खबर
२०७९ साउन २० गते १५:०८

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराईको स्वागत गरिएको छ ।
तादी गाउँपालिकामा शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत भट्टराईको स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तामान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेल, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्य,विभिन्न शाखागत ककर्मचारीहरुको उपसिथति रहेको थियो।
यस्तै स्वागत कार्यक्रममा ,सामुदायिक विद्यालयका प्रधनाध्यापकहरु ,स्वास्थ्य चौकिका प्रमुखहरुको रहेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भट्टराईले पालिकाको सेवालाई प्रभावकारी रुपमा लैजान आफुले पहल गर्ने बताए ।
Advertisement
उनले समयमै र नियमित रुपमा कार्यालयमा उपस्थिति हुन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया