नुवाकोटका प्रहरी प्रमुख शाहको विदाई
विदुर खबर
२०७९ साउन १८ गते २१:२५

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहको विदाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख कार्कीको विदाई गरेको हो ।
सरुवा भएका शाहलाई प्रहरी प्रधान कार्यालयले यहि आइतवार नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाण्डौमा काज सरुवा गरेको थियो ।
शाहलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले विदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक राम प्रकाश शाहले नुवाकोटमा प्रहरी प्रमुखको रुपमा रहँदा आफ्नो कार्यकाल अत्यन्त फलदायी रहेको बताए ।
Advertisement
उनले जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद समेत दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया