शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत भट्ट मसाज सेन्टरबाट पक्राउ
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत ज्ञानेन्द्र भट्ट ललितपुरको एक मसाज सेन्टरबाट पक्राउ परेका छन ।
केही समयसम्म गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भट्ट नयाँ प्रशासकीय अधिकृतको रूपमा बसन्त कार्की आएपछि केही दिनको बिदा लिएर हिडेँका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित भट्ट प्रहरी नियन्त्रणमा परेका हुन । उनी गाउँपालिकामा विदा लिएर काठमाडाैँ गएका थिए ।
सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका भट्टको बारेमा प्रहरीकोमा खबर पुगेपछि प्रहरीले सरकारी सवारीसाधनसहित नियन्त्रणमा लिएको थियो ।
कार्यालय समयमा सरकारी सवारीसाधनसहित कर्मचारी मसाज सेन्टरमा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित पक्राउ गरेको भट्ट अहिले प्रहरीबाट मुक्त भैसकेका छन ।
उनले विदाको समयमा सरकारी सवारीसधानको दुरूपयोग गरेको बारेमा गाउँपालिकाले नै कारबाही गर्ने गरी अहिले पनि प्रहरीबाट उन्मुक्ति पाएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया