देशभरका १७ अस्पतालमा कोरोनाको निशुल्क उपचार हुने

विदुर खबर २०७९ साउन १६ गते १७:४३

नुवाकोट । देशभरका १७ अस्पतालमा कोरोनाको निशुल्क उपचार हुने भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा निशुल्क उपचारको व्यवस्था मिलाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको बताए ।

Advertisement

निशुल्क उपचारको व्यवस्था मिलाइएका अस्पतालहरुमा प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन ।

यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन ।

Advertisement

यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन ।

कोभिड–१९ सक्रमितको उपचारवापत ती अस्पतालहरूलाई बिरामीको अवस्थाको
आधारमा अनुदान दिने व्यवस्था मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया