प्रकाण्डको नुवाकोट बसाई लम्बिँदै, पुन ३ दिन थुनामा राख्न अनुमति

विदुर खबर २०७५ भदौ १३ गते १०:३८

Advertisement

नुवाकोट, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले बुधबार पुन ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका वडा नं ९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएका प्रकाण्डलाई शुक्रबार, र सोमबार पनि जिल्ला अदालत नुवाकोटले तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनाको अनुसन्धानको लागि पुन  ६ दिन थुनामा राख्न म्याद मागे पनि जिल्ला अदालत नुवाकोटले भने तीन दिनका लागि मात्र अनुमति दिएको हो । प्रकाण्डलाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको बताएका छन । नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो कुनैपनि संलग्नता नभएको प्रकाण्डले संचारकर्मीसँग बताएका छन ।

प्रतिक्रिया