प्रदेश नं ३ लाई नेवा ताम्सालिङ प्रदेश नामाकारण गर्न माग गर्दै नुवाकोटको सिडियोलाई ज्ञापनपत्र

विदुर खबर २०७५ भदौ १३ गते १०:३३

Advertisement

नुवाकोट÷नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ प्रदेश राख्नुपर्ने माग गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापामार्फत प्रदेश नं ३ का मुख्यमन्त्रि डोरमणि पौडेललाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।

नेवा ताम्सालिङ समन्वय समितिले प्रदेश नं ३ नेवार र तामाङ लगाउतका आदीवासी जनजाती समुदायहरुको ऐतिहासिक वासस्थल रहेको भन्दै तत्काल प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ प्रदेश राख्न माग गरेको छ । समितिले प्रदेशको मुख्य समुदाय र उनीहरुको ऐतिहासिक सभ्यता, संस्कृतिक र भुगोललाई हेर्दै बहुपहिचानको आधारमा प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ उपयुत्त हने माग नेवा ताम्सालिङ समन्वय समिति नुवाकोटले राखेको छ ।

Advertisement

समितिले प्रदेश नं ३ का अधिकांश नागरिकहरुले नेवार र तामाङ भाषको प्रयोग गर्नै भन्दै बहुभाषाको आधारमा प्रदेश नं ३ को कामकाजी भाषाको रुपमा समेत नेपाल भाषा र तामाङ भाषलाई तोक्न माग गरेको छ । साथै समतिले प्रदेश नं ३ को विद्यालय तथा विश्वविद्यालयमा आदीवासी समुदायले बोल्ने मातृभाषामा पठनपाठन गराउन समेत प्रजिअ मार्फत प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलसमक्ष माग गरेको छ । ज्ञापनपत्रमा प्रदेशका आदीवासी जनजनतीहरुको सांस्कृतिक संरक्षण वा आर्थि विकासको लागि विशेष व्यवस्था गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया