नुवाकोटे ढिटोको ‘बिग्रिएकी केटी’ सार्वजनिक

विदुर खबर २०७९ साउन १५ गते १२:१३

नुवाकोट । नुवाकोटका र्सजक जीवन प्याकूरेलको शब्दमा बिग्रिएकी केटी नामक तीजको गीत सार्वजनिक भएको छ ।

Advertisement

नेपाली हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली नारीहरुलाई लक्षित गरेर उक्त गीत सार्वजनिक गरिएको प्याकूरेलले बताए ।

गीतमा गायक खेम सेंचुरीको लय, गायीका सुनीता बुढा र बेनीशा पौडेलको आवाज रहेको छ । देशको राजनीतिक अवस्था, महिलालाई सधै चुनावमा उप पद मात्र किन दिने, महिला हिंसा, बलात्कार, अन्यायका कुरालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । साथै देशमा मौलाएको विकृतिलाई समेत गीतमा ब्याङ्ग्या गरिएको छ ।

Advertisement

काजिश श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा अनु शाह र आवा थापाको अभिनय रहेको छ । भिडियो बिन्धवासिनी म्यूजिक नामक युटुवमा उपलब्ध छ ।

प्रतिक्रिया