तिरतिरेमा लेदो माटो झर्दा पसाङल्हामु राजमार्ग अवरुद्ध,गेर्खु खोलाको हेमपाइप समेत बगायो
विदुर खबर
२०७५ भदौ १३ गते ४:०९

नुवाकोट, लगातारको वर्षाले नुवाकोट विभिन्न स्थानमा बाढी र पहिरो जाँदा पासाङल्हामु रार्जमार्ग अवरुद्ध भएको छ ।
बिदुर नगरपालिकाको वडा नं. १० तिरतिरे भिरमा माथिबाट लेदो माटो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ भने बिदुर नगरपालिका वडा नं. १ र १० को गेर्खुखोलाको हेमपाइप र साइडको माटो बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
त्यस्तै विदुर नगरपालिका वडा नं १ को बान्द्रेमा समेत रुख ढल्दा राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यलय नुवाकोटको प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया