महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्’ : महिला नेतृहरु

विदुर खबर २०७९ साउन १५ गते ७:५१

नुवाकोट । नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन ।

Advertisement

उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भए पनि प्रत्यक्षतर्फ उल्लेख्य महिलालाई उम्मेदवार बनाइनुपर्ने माग गरे ।

महिलाहरुले अहिलेको कानुनमा संशोधन गरेर दुई वा सोभन्दा निर्वाचन क्षेत्र भएका ठाउँमा दलहरुले अनिवार्य महिला उम्मेदवार बनाइनुपर्ने माग गरे ।

Advertisement

पूर्वराज्यमन्त्री एव केन्द्रीय सदस्य सीता गुरुङको संयोजनमा काठमाडौंमा भएको निर्वाचन प्रणाली र महिलाको प्रतिनिधित्व विषयक कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक रहेकोमा जोड दिए ।

पार्टीहरुले उम्मेदवारी दिँदा एक तिहाई महिला उम्मेदवार हुनुपर्ने उनीहरुको माग छ । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले आगामी निर्वाचनमा पार्टीले उम्मेदवारी दिने पदमध्ये एक तिहाईमा महिला उम्मेदवार बनाउनुपर्ने माग गरिन ।

Advertisement

 

प्रतिक्रिया