शिवपुरीका दुई दर्जन युवाहरु माओवादी केन्द्र प्रवेश

नुवाकोट । शिवपुरी गाउँपालिकामा विभिन्न पार्टीमा आस्था राख्ने युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विगतमा नेपाली कांग्रेस र राप्रपामा सक्रिय रहेका विकासशील तामाङ समाजका सचिव कृष्णबहादुर तामाङ र कोषाध्यक्ष जितबहादुर तामाङसहित दुई दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी केन्द्रका शिवपुरी गाउँपालिका उपाध्यक्ष सुकुराम तामाङ र सचिव बिरबहादुर तामाङले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।
नवप्रवेशीहरुले विगतमा कांग्र्रेस र राप्रपाले दसकौंसम्म सत्ता चलाएर विकास बजेटको दुरुपयोग मात्र गरेको तर गाउँको विकास नभएको भन्दै माओवादीमा प्रवेश गरेको बताउए । माओवादी सरकारमा आए पछि गाउँमा विकासको लहर आएको र त्यसलाई सहि सदुपयोग गर्नका लागि युवाहरु सक्रिय भएर लाग्न आवश्यक रहेको उनीहरुको भनाई रहेको थियो ।
प्रतिक्रिया