देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु : प्रचण्ड

विदुर खबर २०७९ साउन १४ गते १८:५५

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको लापग आफुले केही दिएर जाने बताएका छन् ।

Advertisement

शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै आउँदो प्रदेश तथा संघीय निर्वाचन आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताएका छन्। ।

स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको आँकलनअनुसार नतिजा नआएको भन्दै उनले सोचे अनुसारको नजिता नआएको बताए । पार्टीले १७५ सिटको आँकलन गर्दा पनि पहिले जितेका झन्डै ५० सिटलाई जोगाउन नसक्दा आफूहरूले सोचेअनुसारको नतिजा नआएको उनले बताए ।

Advertisement

त्यही अनुभवलाई लिएर अबको बागदोर माओवादी केन्द्रको हातमा आउने उनले बताए । ‘त्यो अनुभव लिएर हामी जाँदैछौं र हामी बन्छौं। हामी त्यसरी जाँदा देशको बागदोर हाम्रै हातमा आउँछ। र हामीले एकचोटी देशलाई यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ,’ उनले भने, ‘मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स ।

यो लास्ट इनिङ्स चाहि पछि सम्मको सन्ततिलाई सम्झिनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

Advertisement

प्रतिक्रिया