त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०७९ साउन १४ गते १८:०९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको अध्यषमा नारायण श्रेष्ठ चयन भएका छन् ।
कलेजको प्रथम कलेज सभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै क्याम्पसको संचालक समितिको सदस्यहरुमा परवेज आलम, नारायण बहादुर पाण्डे, कुमार मान मलेकु, चन्द्रलाल तमाङ र सावित्री बोगटी चयन भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया