विदुर खानेपानीको बिल ईसेवाबाटै तिर्न सकिने
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोबाइल र इन्टरनेटबाट महशुल तिर्ने व्यवस्था गरेको छ ।
तेस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत संस्थाले बिहीबारदेखि ई-सेवासँग सहकार्य गरेर अनलाईनबाटै महशुल तिर्ने सेवा संचालनमा ल्याएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले जानकारी दिए ।
सेवाग्राहीहरुलाई रकम भुक्तानी गर्दा सहज र छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्यले अनलाईन सेवा सञ्चालनमा ल्याएको उनले बताए ।
खानेपानीको बिल नुवाकोटका तीन सहकारीको मोबाईल एपबाट पनि तिर्न सक्ने भएको छ । संगम साकोस त्रिशुली साकोस र सहयोगी बहुउद्देश्यीय सहकारीका मोबाईल एपका प्रयोगकर्ता तथा सदस्यहरुले पनि मोबाइलबाटै तिर्न सक्नेछन् । साथै एम डबली एपबाट पनि खानेपानीको बिल तिर्न सक्नेछ ।
काउन्टरमा गएर महसुल भुक्तानी गर्न सकिने व्यवस्था पनि यथावत नै राखिएको संस्थाले जनाएको छ ।
३५ सयभन्दा बढी सदस्य रहेको संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १, २ ,४, ५, ६ र ९ का क्षेत्रमा सेवा प्रदान गर्दै आईरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया