राष्ट्रियसभाका समितिमा सभापतिको मनाेनयन आज, बिडारीदेखि काेमल वलीसम्मको दाबी

काठमाडौं- राष्ट्रियसभाका ४ विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ।
दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन लागेको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएको। राष्ट्रियसभा सचिवालयले आजै ४:३० बजे उम्मेदवारको सूची प्रकाशन गर्ने भएको छ।
सभापतिका लागि बुधबार निर्वाचन हुँदैछ।
संघीय संसदको माथिल्लो सदन हो राष्ट्रियसभा। ४ विषयगत समितिहरु हाल ज्येष्ठ सदस्यले सञ्चानल गर्दै आएका छन्।
सभापतिका दाबेदार कोको?
दिगो विकास तथा सुशासन समिति
दिगो विकासका आयोजना र लक्ष्यका बारेमा छलफल गर्ने यो समितिमा १४ सदस्य छन्। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा उक्त समितिमा सदस्य छन्। उक्त समितिको सभापतिमा भैरवसुन्दर श्रेष्ठ सरकारको रोजाइमा रहेका छन् भने उनीसँगै इन्दु कडरिया पनि सभापतिको लागि लबिङमा रहेकी छन्।
विधायन व्यवस्थापन समिति
अर्को महत्वपूर्ण समिति हो विधायन व्यवस्थापन समिति। कानुन निर्माण र कानुनी कार्यहरुका लागि उक्त समितिले काम गर्नेछ। उक्त समितिको सभापतिको पहिलो रोजाइमा पर्शुराम मेघी गुरुङ छन् भने नन्दा चपाईलाई बनाउनुपर्ने तर्क पनि नेकपाभित्र उठेको छ। उक्त समितिमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, बद्री पाण्डे र राजपाका वृशेषचन्द्र लालसहित १४ जना सदस्य छन्।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
कानुन निर्माणपछि नियमावली र निर्देशिका निर्माण गरि सरकारी निकायले गर्ने कामहरुको बारेमा अध्ययन गर्ने क्षेत्राधिकार भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको पहिलो रोजाइमा रामनारायण बिडारी रहेका छन्। पूर्व माओवादीका नेता बिडारीले कानुनमन्त्री हुनुपर्ने माग गरेको र उनी समेटिन नसकेकाले उनलाई उक्त समितिको सभापति बनाउनुपर्ने दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दाहाल नै उनको पक्षमा रहेकाले बिडारी नै सभापतिको पहिलो रोजाइमा छन्। राधेश्याम अधिकारीसमेत सदस्य रहेको उक्त समितिमा १३ सदस्य छन्।
राष्ट्रिय सरोकार तथा समन्वयन समिति
राष्ट्रिय सरोकारका मुद्दाहरुमा छलफल गर्ने र आवश्यक निर्देशन दिने क्षेत्राधिकार भएको उक्त समितिमा १४ जना सदस्य रहेका छन्।
समितिको सभापति महिला बनाउनुपर्ने भएकाले पहिलो रोजाइमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी छन्। उक्त समितिमा कोमल वली समेत रहेकाले उनले पनि आफूलाई सभापतिको प्रतिस्पर्धीको रुपमा दाबी गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नजिक रहेकाले वलीले उक्त पदमा दाबेदारी राखेकी हुन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया