समाजवादी केन्द्र बन्ने अवस्था छैन : प्रचण्ड

विदुर खबर २०७९ साउन १४ गते ७:४६

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र बन्न नसक्ने बताएका छन ।

Advertisement

राजधानीमा शुक्रवारदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको बताए ।

“तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उनले भने, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।”

Advertisement

वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन । त्यसका लागि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन उनले भने ।

अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताए ।

Advertisement

 

प्रतिक्रिया