नुवाकोटमा एक अर्ब ६८ करोड रुपैयाँ बजेट फ्रिज
नुवाकोट । गएको आर्थिक वर्षमा नुवाकोटको विकासको लागि आएको एक अर्ब रूपैयाँ भन्दा बढी बिकास बजेट फिर्ता भएको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाको विकासको लागि विभिन्न योजनामा आएका रकमहरू खर्च नहुँदा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीका अनुसार संघ र प्रदेशको गरी एक अर्ब ६८ करोड १९ लाख सात हजार रूपैयाँ रकम फिर्ता भएको छ ।
अघिल्लो आर्थिक वर्षकोे भन्दा करिब ७ करोड बढी हो । गत आर्थिक वर्षमा नुवाकोटका विकास बजेट र चालु खर्च गरी १४ अर्ब ४१ करोड ९८ लाख ७५ हजार आएकोमा ८८।३४ प्रतशित अर्थात १२ अर्ब ७३ करोड, ७९ लाख ६८ हजार मात्र खर्च भएको छ ।
बिकास बजेट एक अर्ब ३० करोड ७८ लाख २९ हजार फिर्ता भएको छ । समयमा काम नभएको कारण रकम फिर्ता भएको हो । बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डेको प्रदेश पूर्वधार विकासको तीन करोड रूपैयाँको योजना नआएको कारण फिर्ता भएको यहाँ नजोडिएको कोष तथा लेखा नयिन्त्रण कार्यालयले जनाएको छ ।
योजनाको प्रणालीमा नै प्रवेश नगरेकोले पाण्डेले विनियोजन गरेको रकम नआएकोले प्रणालीमा नदेखएिको हो । प्रदेश सांसद पाण्डेले आफूले निर्णय गरेर विनियोजन गर्ने रकमको योजनाको सूची बुझाउन आलटाल गर्दै गत असार ६ गते जिल्लाा समन्वय समितिमा बुझाएका थिए ।
पाण्डेले योजना ढिलो बुझाएको कारण उनको निर्णयबाट सञ्चालन हुने तीन करोडको २० वटा योजनाको रकम आउन नसकेको हो । बिकास बजेटमा अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा कम खर्च भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ८२।१५ प्रतशित रकम खर्च भएकोमा गत आर्थिक वर्षमा ७४।९० प्रतशित खर्च भएको हो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ७।२५ प्रतशितले कम हो ।
गत आर्थिक वर्षमा नुवाकोटको विकासको लागि संघीय र प्रदेशबाट विकास खर्चतर्फ ५ अर्ब ६० करोड ७६ लाख ५८ हजार ८ सय ३१ रूपैयाँ आएकोमा चार अर्ब २९ करोड ९८ लाख २९ हजार ६ सय ९४ रूपैयाँमात्र खर्च भएको थियो ।
बिकास बजेट खर्च हुन नसकेको कारण एक अर्ब ३० करोड ७८ लाख २९ हजार फर्तिा भएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३० करोड बढी हो । चालु खर्चतर्फ भने अघिल्लो वर्षहरू जस्तै धेरै नै खर्च भएको छ ।
चालु खर्च तर्फ ९५।७५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नयिन्त्रण कार्यालयले जनाएको छ । चालुतर्फ जिल्लाामा गत वर्ष आएको आठ अर्ब ८१ करोड २२ लाख १६ हजार पाँच सय ६२ रूपैयाँ आएकोमा आठ अर्ब ४३ करोड ८१ लाख ३८ हजार तीन सय १२ रूपैयाँ खर्च भएको छ ।
नुवाकोटमा अघिल्लो आर्थिक वर्षको तुलनाका गत वर्ष राजश्व संकलनमा भने कमी आएको छ । गत आर्थिक वर्षमा ८० करोड ४६ लाख १७ हजार तीन सय १३ रूपैयाँ राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा संघीय राजश्व ६९ करोड १९ लाख ६० हजार रूपैयाँ र प्रदेश राजश्व १८ करोड ५५ लाख ६८ हजार रूपैयाँ गरी ८७ करोड ८५ लाख ४६ हजार ६ सय रूपैयाँ राजस्व संकलन भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया