नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित बढ्दै
विदुर खबर
२०७९ साउन १३ गते १६:३१

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित बढ्न थालेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १३ जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १० पुगेको छ । संक्रिय संक्रमितमध्ये १० जना नै विदुर नगरपालिकाका रहेका छन् । जसमा ६ महिला र ४ पुरुष रहेका छन् ।
संक्रिय संक्रमितमध्ये सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया