लेखनाथ जी पार्टीका ईमान्दार कार्याकर्ता हुन् जवाफ दिनै पर्देन : केसी
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका निर्वतमान जिल्ला सभापति तथा संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले लेखनाथ मुडवरी कांग्रेसका सिपाही भएकोले कसैको जवाफ दिनु नपर्ने बताएका छन् ।
केसीले सामाजिक संजाल फेसबुकमा लेखनाथ इमानदार कार्यकर्ता भएकोलृ सत्य कुरा लेख्दा कुनै चिन्ता लिनु नपर्ने र कसैसँग डराउनु नपर्ने बताएका छन् ।
केसीले लेखेका छन्, लेख्न र बोल्न डराउनु पर्दैन लेखनाथ जि जून कार्यकर्ता २०६२÷६३ को आन्दोलनमा गोङ्गबुमा लास जसरी ट्रकमा हाँलिदा को–को कहाँ कहाँ थियो ? कसैको केही जवाफ दिन आवश्यक ठान्दिन, ।
यसअघि बुधवार सामाजिक संजाल फेसबुकमा नगरसभापति मुडवरीले निर्वाचनमा केन्द्र र जिल््लाका नाम चलेका नेताले करोडौँमा टिकट किनबेच गरेको आरोप लगाएका थिए ।
नगर सभापति मुडवरीले स्थानीय तहको निर्वाचनमा करोडौँमा टिकट किनबेच भएको तथा छोटे राजाहरुको माला, खादा र मोटर कार्यक्रममा कार्यालयमा नगरी होटलमा गरेर करोडौको बिल उठाएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।
लगत्तै जिल्लाको अनुशासन कमिटिले चारदिनभित्र स्पष्टीकरण पेश गर्न शुक्रवार मुडवरीलाई निर्देशन दिएको छ ।
अनुशासन कमिटिले नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को परिच्छेद ९ धारा ३४ उपधारा क को ९क० वमोजिम पार्टीका आर्दश, सिदान्त र निति विपरित हुने गरि अनुशासन उल्लंघन भएकोले आफुुमाथि लागेको आरोप खण्डन गर्न भनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया