नुवाकोटमा भाइरल ज्वरोको विरामी बढे

नुवाकोट । वर्षा शुरुभएसँगै नुवाकोटमा भाइरल ज्वरोको विरामी बढ्न थालेका छन् ।
गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि त्रिशूली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । नुवाकोटको त्रिशूली अस्पतालसहित गाउँ–गाउँमा रहेका स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य, केन्द्रल गायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ ।
साथै, निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढ्न थालेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छन् ।
बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहने लगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दख्नु , बान्ता हुने लक्षणसमेत देखापरेको छ ।
डाक्टरले भिडभाडमा नजान र मास्कका प्रयोग गर्न सुझाव दिएका छन् । पानी उमालेर मात्र पिउन र चिसाबाट जोगिन समेत स्वास्थ्यकमीे आगह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया