नुवाकोटमा धेरै खर्च गर्नेमा तादी गाउँपालिका अगाडी

विदुर खबर २०७९ साउन १२ गते १२:५७

नुवाकोट ।  आ.व. ०७८÷७९ नुवाकोट जिल्लाका १२ वटा पालिकामध्ये तादी गाउँपालिका बजेट खर्च गर्नेमा अग्रस्थानमा रहेको छ ।

Advertisement

आथिक वर्ष ०७८÷७९ का तादीको जम्मा बजेट ४४ करोड ८४ लाख ७१ हजार पाँच सय ३९ मध्ये ३९ करोड ७१ लाख ५८ हजार एक सय ९० खर्च भएको छ । उक्त पालिकाको जम्मा खर्च प्रतिशत ८८ दशमलव ५५ हुन आउँछ ।

पालिकाको चालू बजेट २८ करोड ४८ लाख ४० हजार पाँच सय ३९ मध्ये २६ करोड ३० लाख ७२ हजार पाँच सय ८७ रुपैयाँ खर्च हुँदा ९२ दशमलव ३५ प्रतिशत हुन आउँछ । त्यसगरी तादीको पुजीगत बजेट १६ करोड ३६ लाख ३१ हजारमध्ये १३ करोड ४० लाख ८५ हजार ६ सय तीन खर्च गर्दा ८१ दशमलव ९४ प्रतिशत हुन्छ ।

Advertisement

जिल्लाको १२ वटा पालिकामध्ये सबैभन्दा कम प्रतिशत बजेट खर्च गर्नेमा गत आ.व. ०७८÷७९ मा विदुर नगरपालिका रहेको छ । सदरमुकाम र परानो तथा स्रोत–साधनल भरिपुर्ण विदुरले गत आ.व.मा ६५ दशमलव ३३ पतिशत मात्र कुल खर्च गर्न सकेको छ ।

विदुरको कुल बजेट एक अर्ब ४३ करोड २३ लाख दुई हजार दुई सयको बजेटमध्ये ९३ करोड ५७ लाख ६९ हजार पाँच सय ५१ बजेट असार मसान्तसम्म खर्च गरेको छ ।

Advertisement

कुल बजेटको खर्च प्रतिशत ६५ दशमलव ३३ रहेको छ । चालू बजेट ६९ करोड ३८ लाख ७१ हजार दुई सयमध्ये विदुरले ५३ करोड ९३ लाख ११ हजार ६२ खच गर्रको  छ ।

उसले सो आ.व.मा खर्च गरेको प्रतिशत ७७ दशमलव ७२ रहेको छ । त्यसैगरी, पुँजीगत बजेट ७३ करोड ८४ लाख ३१ हजारमध्ये ३९ करोड ६४ लाख ५८ हजार चार सय ८८ खर्च गर्दा ५३ प्रतिशत ६८ रहेको छ ।

प्रतिक्रिया