नुवाकोट कांग्रेसका प्रदेश सभापति खड्का एमालेका जिल्ला सदस्य

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का प्रदेश सभापति शुशिल खड्का नेकपा एमालेको जिल्ला कमिटि सदस्य चयन भएका छन् ।
नेपाली कांग्रेसको गत मंसिरमा सम्पन्न भएको १४ महाधिवेशनमा भारी मतले सभापतिमा विजयी भएका खड्कालाई नेकपा एमालेले जिल्ला कमिटि सदस्यको रुपमा पार्टीमा भित्राएको हो ।
गत वैशाख ११ गते उम्मेद्धवारी चयनको शिलशिलामा नेपाली कांग्रेसले क्षमतावान नेता तथा कार्यकर्ताहरुलाई वाइपास गरेको तथा आफुहरुलाई पेलिएको भन्दै खड्का लगायत दुप्चेश्वर गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले नेकपा एमालेका अध्यक्ष ओलिको हातबाट टिकाल लगाएर एमाले प्रवेश गरेका थिए ।

कोरोना महामारीको समयमा विभिन्न पालिकाको स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गर्दे खड्का ।
एमाले प्रवेश गरेका खड्का र तामाङलाई नेपाली कांग्रेसले अझै कारवाही गरेको छैन । उनीहरु पुन कांग्रेस फर्कने आशमा कारवाही नगरिएको नेपाली कांग्रेसका एक नेताले बताए ।
यस्तै कांग्रेस छाडेर एमालेका गएका नेपाली कांग्रेस नुवाकोटका उप–सभापति यमवहादुर थापालाई पनि नेकपा एमालेले जिल्ला कमिटि सदस्य बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया