करारका कर्मचारी हटेपछि विदुर नगरपालिका सुनशान

विदुर खबर २०७९ साउन ११ गते २१:२२

नुवाकोट । करारमा रहेका कर्मचारी हटाइएपछि नुवाकोटको विदुर नगरपालिका सुनशान बन्न थालेको छ ।

Advertisement

विदुर नगरपालिकाले गत असार ३१ गते एक सुचना जारी गरि करामा रहेको कर्मचारीहरुको करार अवधी समाप्त भएको भन्दै नविकरण नगरेपछि नगरपालिकामा कार्यरत एकसय ४० भन्दा बढी कर्मचारीहरु कार्यालयमा आउन नपाएपछि विदुर नगरपालिका सुनशान बनेको हो ।

विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले गत असार ३१ गते एक सुचना जारी गरि नगरपालिका भित्र रहेका करारका कर्मचारीहरुको करार अवधी थप नुहने बताएका थिए ।

Advertisement

त्यसयता करारका कर्मचारीहरु नहुँदा नगरपालिकाको काम प्रभावित हुन थालेको छ ।

करारका कर्मचारी हटाइपछि सुनसान नगरपालिकाको एक कोठा ।

नगरपालिकामा कर्मचारी नहुँदा केही शाखामा ताला लाग्न थालेको छ भने समयमै काम हुन नसकेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

Advertisement

प्रतिक्रिया