नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु

विदुर खबर २०७९ साउन ११ गते २०:५७
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटमा खोलाएर वगाएर मंगलवार एक जना जनप्रतिनिधिको ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा वेलकोटगढी नगरपालिका १२ की महिला वडा सदस्य सुकुमाया तामाङको ज्यान गएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
उनको वेलकोटगढी नगरपालिका १० मा रहेको वेलकोट खोलाले वगाउंदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घरतर्फ जान लागेका वेला वाटोमा रहेको द्वारिकाटहरेस्थित वेलकोट खोलाले वगाउंदा तामाङको मृत्यु भएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

Advertisement

तामाङको शव उनलाई वगाएको स्थानदेखि एक किलोमिटर तल फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि त्रिशूलीमा राखिएको छ ।

तामाङ गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट महिला सदस्यको रुपमा वडामा निर्वाचित भएकमी थिइन् ।

Advertisement

प्रतिक्रिया