गणित शिक्षा परिषद नुवाकोटको अध्यषमा लामिछाने
विदुर खबर
२०७९ साउन ८ गते १६:३५

नुवाकोट । गणित शिक्षा परिषद नुवाकोटको अध्यक्षमा रमेश प्रसाद लामिछाने चयन भएका छन् ।
शनिवार सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनले लामिछानेको नेतृत्वमा सर्वसहमत रुपमा नेतृत्व चयन गरेको हो ।
परिषदको उपाध्यक्षमा दिलिप खतिवडा, सचिवमा गणेश प्रसाद सिटौला र कोषाध्यक्षमा टिकाराम सापकोटा चयन भएका छन् ।
समितिको सदस्यहरुमा जनकमान प्रधान, राजु मिजार, मोहन सिङ बडाल, कुमार राज श्रेष्ठ, वसन्त तिमिल्सिना, हरि थापा र जानुका पण्डित चयन भएका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया