तल्लो पिपलटारमा रत्तदान कार्यक्रम संम्पन्न

विदुर खबर २०७९ साउन ७ गते १३:४७

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ तल्लो पिपलटारमा रत्तदान कार्यक्रम संम्पन्न भएको छ ।

Advertisement

लामिबगैचा सामाजिक युवा क्लब र नेपाल रेडक्रस सोसाइटी जालपा उपशाखाको आयोजना तथा ब्लड रिक्वेष्ट नुवाकोटको समन्वय र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ३७ जनाले रत्तदान गरेको लामिबगैचा सामाजिक युवा क्लबका अध्यक्ष सु्जन गजुरेलले जानकारी दिए ।

Advertisement

विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रत्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष गजुरेलले जानकारी दिए ।

हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न क्लब सरकारी तथा गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदाता दिपकराज केसीले बताए ।

Advertisement

लामिबगैचा सामाजिक युवा क्लबले स्थानपना कालदेखिनै विभिन्न सामाजिक कामहरु गर्दे आएको छ । क्लबले कोरोना महामारीको समयमा राहात वितरण तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको थियो ।

यसअघि कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले क्लबले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।

रक्तदान कार्यक्रममा वडाध्यक्ष न्यौपाने, जिल्ला समन्वय समिति नुवाकोटकी सदस्य सन्तोषी देवकोटा, नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि उपेन्द्र मिश्र लगायत स्थानीय नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

 

 

प्रतिक्रिया