सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

नुवाकोट । वाग्मती प्रदेश अन्तर्गतका जिल्लाभित्र सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।
वाग्मती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारबाटै लागू हुनेगरी भाडा बढाएको हो । यसअघि बढाएको चार महिनामै पुन: प्रदेश सरकारले भाडा वृद्धि गरेको हो ।
किलोमिटरका आधारमा प्रदेशभित्र सञ्चालित सवारी साधनमा भाडा वृद्धि गरिएको हो । प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्ने छ । प्रदेश सरकारले अहिले भाडा वृद्धि गरेपनि उपत्यकामा सञ्चालित सार्वजनिक सवारीले भने पहिल्यै यात्रुसँग बढी भाडा उठाउँदै आएका थिए । वाग्मती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो ।
अब उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २० रुपैयाँ रहेको छ । ५ देखि १० किलोमिटरको दूरीमा पहिले २५ रुपैयाँ भाडा रहेकोमा अहिले २७ रुपैयाँ बनाइएको छ । १० देखि १५ किमी दूरीमा ३० रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर ३२ रुपैयाँ पुर्याइएको छ ।
पहिला कायम गरिएको भाडामा दूरीअनुसार दुई रुपैयाँ बढाइएको हो । त्यस्तै मालबहाक सवारी साधनको प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ पुर्याइएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबहाक सवारी साधन र ट्याक्सीको हकमा बैशाखमै लागू गरिएको भाडादर नै यथावत राखिएको वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया