अनावश्यक कर नबढाउन सरकारलाई का‌ंग्रेस नेता महतको चेतावनी

विदुर खबर २०७५ भदौ १२ गते १:३८

नुवाकोट भदौ १२,  नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेगरी कर बढाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

नेता महतले स्थानीय तहको आम्दानीको मुख्य स्रोतको रुपमा अनुदान सहायता वृद्धि गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। सोमबार काठमाडौंमा आयोजित पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले करलगायतका वित्तिय व्यवस्थापनका लागि वित्तिय आयोग गठन गर्न ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए।

करको दायरा बढाउने काम गरे मुलुकबाट लगानी बाहिरिने नेता महतको दाबी छ। कांग्रेस नेता महतले स्थानीय तहको आयआर्जनका लागि स्थानीय स्तरमै उद्योग स्थापनामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

Advertisement

प्रतिक्रिया