ढुंगेदेखि पिपलटारसम्मको प्रभावितलाई मुअब्जा देऊ : लामा
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेको सांसद बहादुरसिंह लामाले जग्गा वर्गीकरणको नाममा सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश पोखेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद लामाले सरकारले तयारी नै नगरेर जग्गा वर्गीकरणको अधिकारी स्थानीय तहलाई दिँदा समस्या भएको हो ।
‘भूमिमा धेरै कुराहरू आउँछ । जग्गा वर्गीकरणको नाममा अहिले जनताले उपभोग गर्न पाएको छैन । कसैले ऋण लिन तयार होला । कोही बच्चाहरू पढाउन ऋण लिन बैंकसँग प्रयास गरेको होला’, उनले भने, ‘जनताले सिफारिस पाउँदैन । त्यसको कारण जग्गा वर्गीकरणको जिम्मा स्थानीय तहलाई लगाइदिएको छ ।’
‘सिफारिस कसले दिने हो ? सिफारिस नदिँदा समस्या भएको छ । यस्तो अवस्था कसरी आयो ? यो अवस्थालाई वर्गीकरण गरेर कहाँ उद्योग खोल्ने ? कहाँ कृषि योगय जमीन घरघडेरी हुने जमीन यो आवास क्षेत्र भनेर कसरी घोषणा गर्ने ? स्थानीयले पनि घोषणा गरेको छैन’, उनले प्रश्न गर्दै भनेका छन् ।
‘यो चाहिँ एउटा चलखेल गर्ने जस्तो देखियो । यसलाई वास्तविक रुपमा जनताले उपभोग गर्ने अधिकार छ, मौलिक अधिकार पनि छ, संवैधानिक अधिकार पनि छ’, उनले भने, ‘जनताले पाउने अधिकारलाई पनि सुनिश्चित गर्न सकिएको छैन । जमीनमा चलखेल भएको छ । यसलाई कसरी फुकाउने हो ? सरकारले ध्यान दिनुपर्छ ।’
उनले भने, ‘पहिला नै योजना बनाएर वर्गीकरण गर्नुपर्ने थियो । अहिले गएर स्थानीयलाई दिएको छ । स्थानीय तहले कसरी वर्गीकरण गर्ने ? वर्गीकरण गर्न समय लाग्छ । त्यो समयमा ठूलो चलखेल हुन्छ ।’
यसैबीच, कांग्रेसका सांसद लामाले नुवाकोट जिल्लाको पाशाङ लाम्हु मार्ग दश वर्षसम्म पनि निर्माण हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।
‘दश वर्ष अगाडिको कुरा हो । पासाङ लाम्हु मार्गमा ठेक्का दश वर्ष अगाडि लागेको हो । यो ठेक्का रिड भन्ने प्रोजेक्टमा भएको र एक्जिम बैंकबाट फाइनान्स गरेको थियो । त्यहाँका जनताहरू धेरै खुशी थिए दश वर्ष अगाडि । पिच राम्रो हुन्छ । सबैले सुविधा भोग गर्न पाउँछन् भनेर’, उनले भनेका छन् ।
‘बिडम्बनाको कुरा दश वर्षसम्म पनि बालाजुदेखि रानीपौवा, रानीपौवादेखि पिपलटारसम्मको सडक अहिलेसम्म दुरदशाको रुपमा छ । अहिलेसम्म निर्माण भएको छैन । कसैले पनि चासोका रुपमा हेरेको छैन । दश वर्षसम्म त्यहाँको यस्तो अवस्था छ’, उनले भने, ‘खाल्टाखुल्टी मात्र नभएर पहिरो र हिलो छ । सडकमा धान पनि रोपियो ।’
उनले भने, ‘यो सडकलाई पुनर्जीवन बनाउन १९१८ सालमा बनेको सडक हो । काठमाडौंबाट नुवाकोटको त्रिशूली जाने बाटो अहिलेसम्म सरकारले नहेरेकाले ध्यानपूर्वक हेर्नु पर्छ ।’
‘त्यो सडकबाट बिरामी, सुत्केरीलाई कसरी ल्याउने भनेर समस्या भएको छ’, सांसद लामाले भनेका छन् ।
‘गल्छी–त्रिशूली सडक पनि केरुङ नाका जोड्ने सडक हो । यो सडक जम्मा ४५ किलोमिटर छ । ४० किलोमिटरलाई मुआब्जा दियो । ५ किलोमिटरलाई दिएन । यो कस्तो बिडम्बना हो । ५ किलोमिटरलाई मुआब्जा नदिएको कारणले गर्दा सडक अबरुद्ध भएको छ’, लामाले भनेका छन् ।
‘सरकारले तत्काल मुआब्जा दिनुपर्छ । पिपलटारदेखि ढुंगेसम्मको सडकलाई मुआब्जा दिएको छैन’, कांग्रेसका सांसद लामाले भनेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया