नुवाकोट शिवपुरीका अनन्तराम केसीले विश्व कीर्तिमान राख्न वक्तव्य शुरु,लगातार ९० घण्टा लामो भाषण गर्ने

विदुर खबर २०७५ भदौ ११ गते १२:३९

नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गर्नुभएको छ ।

केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि आज बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गर्नुभएको हो । उहाँले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य राख्न शुरु गर्नुभएको हो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिने अभियानका मिडिया संयोजक निर्मल अर्यालले जानकारी दिनुभयो ।

Advertisement

नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी एक आध्यात्मिक साधक हुनुहुन्छ । केसीले २१ दिन जल उपबास र छ महिना मौन ध्यान साधना पूरा गरिसक्नुभएको छ ।
यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन नसक्नुभएका उहाँले विश्व रेकर्ड राख्ने अभियानका अनुसार आजदेखि वक्तव्य राख्न शुरु गर्नुभएको हो । विश्वको सबैभन्दा लामो ८१ घण्टा १६ मिनेट बोलेर भारत केरेलाका केपी भाल साराजानले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया