श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे
नुवाकोट । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ ।
द गार्जियनका अनुसार उनले मंगलबार कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।
कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन नसकेको द गार्जियनले लेखेको छ ।
माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि बुधबार उनले आधिकारिक रूपमा राजीनामा दिएका थिए । यसअघि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए ।
सोमबार राति अध्यागमनका अधिकारीहरूले उनलाई राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । नागरिकहरूले प्रयोग गर्ने सामान्य लाइनमा बस्न उनी डराएका थिए । नतिजास्वरुप उनले संयुक्त अरब इमिरेट्सका चार उडानहरू गुमाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया