कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नुवाकोट । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।
बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने प्रवक्ता डा प्रकाशशरण महतले बताए।
यसअघि आइतबारको पदाधिकारीसहितको बैठकले शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थामध्ये ११ वटालाई मान्यता दिने निर्णय गरेको थियो। कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया