पनेरुको नेतृत्वमा युवा स्वयंसेवक गठन
नुवाकोट । जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धप पनेरुको नेतृत्वमा युवा स्वयंसेवक गठन गरिएको छ ।
मंगलवार प्रदेश युवा परिषद तथा जिल्ला युवा समिति नुवाकोटको संयुत्त आयोजनामा भएको कार्यक्रममा पनेरुको नेतृत्वमा २० सदस्यीय युवा स्वयंसेवक गठन गरिएको हो । गठन गरिएको युवा स्वयंसेवकहरुलाई एकदिने विपद व्यवस्थापन प्रशिक्षण समेत प्रदान गरिएको छ ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विपतका घटना धेरै मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले संघीय, प्रदेश, जिल्लागत र स्थानीयस्तरमा विप व्यवस्थापनमा युवाको भूमिका रहने भएकोले टोलस्तरीय युवाको संजालमार्फत्तविपद न्यूनिकरणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख मदन ढुंगानाले जिल्लामा वर्षाको समयमा बाढी व्यवस्थापनको लागि जिल्लामा र्याफ्टिङ डुंगाको अति आवश्यक रहेको बताए । बाढीबाट हुने मानवीय क्षति जोगाउन र्याफ्टिङ डुंगा अतिआवश्यक रहेको हुदाँ सहजताको लागि जिल्ला अधिकारीलाई अनुरोध गरेका छन । उनले नुवाकोटको दुप्चेश्वर, पन्चकन्या र तादीमा विपदबाट हुने दुर्घटनामा तत्काल राहत तथा व्यवस्थापन गर्न असहज रहेको बताए ।
यस्तै कार्यक्रममा प्रहरी प्रमुख रामप्रकाश शाहले विपदको व्यवस्थापनको लागि स्थानीय स्तरमा सामान्य जानकारी पुर्याउन युवा लग्नुपर्ने बताए । उनले नुवाकोट प्रहरी विपद व्यवस्थापनको लागि पूर्व तयारीमै रहेको बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले वर्षेनी दोहोरिने विपदका घटनालाई न्युनीकरण गर्न सबैको सामुहिक प्रयास गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुले बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत युवालाई विपद सम्बन्धी अभिमुखीकरण गर्नुपर्ने कार्य योजना अनुसार प्रशिक्षण कार्यक्रम गरिएको बताए । उनले भइपरि आउने विपदमा तत्काल उद्धारमा खट्नको लागि जिल्लास्तरीय युवा स्वयंसेवक गठन पनि गरिएको जानकारी दिए ।
कार्यक्रममा जवरजंग गणका सेनानि अन्जय प्याकुरेल सहसेनानि सरोज खड्का लगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया