नुवाकोटमा त्रिशुली खोलाले बगाएर आमा छोरा बेपत्ता

विदुर खबर २०७९ असार १८ गते २१:२७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ को र्सिखालीमा त्रिशुली खोलाले बगाएर आमा छोरा बेपत्ता भएका छन् ।

Advertisement

आज दिउँसो ३ बजे खोलामा मुख धुन गएका विदुर ३ ढोेडेनी घर भएका ७ वर्षिय युनिक श्रेष्ठ र उनको आमा ३२ वर्षिय रन्जिता श्रेष्ठलाई खोलाले बगाएको रन्जिताका श्रीमान पुर्णलाल श्रेष्ठले बताए ।

यता जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको जनाएको छ ।

Advertisement

बेपत्ता भएका उनीहरुको नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज दिनभर खोजी गरेपनि नभेटेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरुको खोजीको लागि कुरिनटारबाट शसस्त्र प्रहरीको गोताखोर टोलि समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया