कांग्रेसले गरेको कामको प्रचार हुन सकेन डा : महत

नुवाकोट। नेपाली कांग्रेसका प्रवत्ता डा : प्रकाशरण महतले नेपाली कांग्रेसले गरेको कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् ।

आज नुवाकोटको विदुरमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको स्रस्टा सम्मान तथा साहित्यीक गोष्ठी तथा कृति विमोचन कार्यक्रममा बोल्दै डा महतले नेपाली कांग्रेसले गरेको कामको प्रचार हुन नसकेकोले पछाडी परेको बताए ।
“कांग्रेसको नेतृत्वमा धेरै विकास निर्माणका काम भएको भन्दै उनले जनताको आर्थिक उन्नति, प्रगति भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, प्रवता महतले भने ।
डा : महतले कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लखे गर्दै महतल भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि कांग्रेसकै ठूलो लगानी छ ।” महतले म भए ठिक म नभए सबै बेठिक भन्ने प्रवृद्धिले गर्दा देश विकासमा पछि परेको उनले बताए ।
कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठान नेपालले विभिन्न स्रस्टाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया