कांग्रेसले गरेको कामको प्रचार हुन सकेन डा : महत
नुवाकोट। नेपाली कांग्रेसका प्रवत्ता डा : प्रकाशरण महतले नेपाली कांग्रेसले गरेको कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् ।

आज नुवाकोटको विदुरमा नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको स्रस्टा सम्मान तथा साहित्यीक गोष्ठी तथा कृति विमोचन कार्यक्रममा बोल्दै डा महतले नेपाली कांग्रेसले गरेको कामको प्रचार हुन नसकेकोले पछाडी परेको बताए ।
“कांग्रेसको नेतृत्वमा धेरै विकास निर्माणका काम भएको भन्दै उनले जनताको आर्थिक उन्नति, प्रगति भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, प्रवता महतले भने ।
डा : महतले कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लखे गर्दै महतल भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि कांग्रेसकै ठूलो लगानी छ ।” महतले म भए ठिक म नभए सबै बेठिक भन्ने प्रवृद्धिले गर्दा देश विकासमा पछि परेको उनले बताए ।
कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठान नेपालले विभिन्न स्रस्टाहरुलाई सम्मान गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया