विदुर नगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
नुवाकोटको विदुर नगरपालिकाले आज आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राजन श्रेष्ठले निति तथा कार्यक्रम र बजेट निर्माण गर्दा बहुवर्षिय योजना र चालु वर्षका योजनाहलाई प्राथमिकता दिएको बताए । उनले नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधालाई स्रोत र साधनले भ्याएसम्म चुस्त दुरुस्त राख्ने बताए ।

यस्तै नगर सभामा नगरपालिका उपमेयर प्रभ बोगटीले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गरेकी छिन् । बोगटीले प्रस्तुत गरेको नगरपालिकाको बजेट १ अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
उनले बजेट विदुर नगरपालिकाको बजेट निर्माण गर्दा स्वाधिन अर्थतन्त्र निर्माणको लागि बजेटमा भौतिक पुर्वाधार, कृषि, शिक्षा,उद्योग, श्रम र गरिवी निवारण र पर्यटनलाई प्राथमिकतामा राखेको उनले बताइन् ।
उप–मेयर बोगटीले नगरपालिका भित्र तरकारी र फलफुलमा २० प्रतिशत बृद्धि हुने लक्ष्य लिएको बताइन् ।

यसअघि बहुमत सदस्यको वहिस्कारपछि शुक्रवार १० गते स्थगित भएको नगरपालिकाको नगरसभा आज बसेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया