नुवाकोटको शेराफाँटमा अज्ञात बालकको लास भेटियो
विदुर खबर
२०७९ असार १२ गते १०:३१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ शेराफाँटमा अज्ञात बालकको लास भेटिएको छ ।

अन्दाजी १५ वर्षका बालकको शव भेटेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्सपेक्टर दिलिपकुमार हुँमागाईले जानकारी दिए । बालकको सडेको अवस्थामा भेटिएको उनले बताए । शवमा टाउँको नहुँदा पहिचान गर्न समस्या भएको इन्सपेक्टर हुँमागाईले जानकारी दिए ।
शवको अवस्था हेर्दा झन्डै एक साताअघि बाललको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । वालुवा झिक्ने क्रममा स्थानिय महिलाहरुले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाललको शवलाई अहिले त्रिशुली अस्पतालमा पोष्टमार्टम गर्न ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया