नुवाकोटमा अन्तरााष्ट्रिय योग दिवस मनाइयो

विदुर खबर २०७९ असार ७ गते २१:४७

नुवाकोट । अन्तर्राष्ट्रिय योग दिवस नुवाकोटमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

Advertisement

दिवसको अवसर पारेर जिल्लाको विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यसै क्रममा पातन्जल योग समिति नुवाकोटले बट्टार र गेखुटारमा विशेष कार्यक्रम आयोजना गरेको छ । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै दिवसको अवसरमा बोल्दै पातन्जल योग समिति नुवाकोटका अध्यक्ष तुलसी दवाडीले योगाभ्यासले मानवको तन र मनमा सकारात्मक उर्जा थप्ने बताए । उनले योग दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे ।

Advertisement

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन २०१४ मा गरेको निर्णयअनुसार सन २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया